Tihar – देउसी भैलो – 2024

November 2, 2024
November 2, 2024 Magar Samaj Denmark
देउसी भैलो २०२४ – मगर समाज डेनमार्क 🎉
झोर्ले / नमस्ते
आउँदै गरेको दशैं र तिहारको पावन अवसरमा तपाईं र तपाईंको परिवारलाई मगर समाजको तर्फबाट हार्दिक शुभकामना दिन चाहन्छौ
मगर समाज डेनमार्कले आउँदै गरेको तिहारको पावन अवसरमा आयोजना गर्न लागेको देउसी भैलो २०२४ मा मगर समाज डेनमार्क का सदस्यहरूलाई हार्दिक निमन्त्रणा गर्दछौ। मगर समाजको सबै सदस्यहरू बीच एकता, सद्भाव, र नेपाली संस्कृतिको संरक्षण गर्ने हेतुले यो विशेष कार्यक्रमको आयोजना गरिएको छ।
कार्यक्रम विवरण:
मिति: (Saturday) 02-November-2024
समय: 14:00 – 22:00
स्थान: Skoleholervej 35, 2400 KBH NV
पोशाक: मगर पहिरन लगाउन अनुरोध गर्दछौं
दान दक्षिणा (दान/सहयोग):
मगर समाज डेनमार्कले समाजका विभिन्न सांस्कृतिक र सामाजिक गतिविधिहरूको लागि आर्थिक सहयोग जुटाउने उद्देश्यले यो कार्यक्रमको आयोजना गर्दैछौ। तपाईंको सानो सहयोगले हाम्रो समाजलाई अझ बलियो बनाउन मद्दत पुर्याउनेछ। कार्यक्रमको समयमा प्रदान गरिएको दान/दक्षिणा/सहयोग हामीले समाजको आगामी कार्यक्रमहरूका लागि प्रयोग गरिनेछ।
💫 देउसी भैलो २०२४ मा सहभागी भइ रमाइलो गरौं र नेपाली परम्परालाई डेनमार्कमा जोगाइ राखौं! 💫
सादर,
मगर समाज डेनमार्क
,